सशस्त्र प्रहरीद्वारा २४० किलो गाँजा बरामद 

२०८० पुष ५, बिहीबार १३:१६

चन्दन रजक, राजबिराज ।सप्तरीमा सशस्त्र प्रहरीले २४० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ स्थित काेशी पलार क्षेत्रमा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले उक्त गाँजा बिहीबार बरामद गरिएको हाे ।
सशस्त्र प्रहरी बल बिओपी बर्साईनबाट खटी गएको टोलीले गाँजा बरामद गरेको हाे ।
बरामद गरेको गाँजा आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?