धनगढीमा ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन सुरु भएको छ ।

२०८० पुष २१, शनिबार १२:१९

६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबार (आज) देखि सञ्चालन गरेको हो ।

उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताएका छन् ।

उद्घाटन कार्यक्रम सकेपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?