जनकपुर जेसिज बर्ष २०२४ को अध्यक्षमा साह

२०८० माघ ६, शनिबार ०७:३१

जनकपुरधाम, माघ ६ गते । जनकपुर जेसिज बर्ष २०२४ को लागि भएको अधिवेशनबाट अध्यक्ष पदमा यतोश कुमार साह चुनिएका छन् । जनकपुर जेसिजको ४१ औं वार्षिक अधिवेशनबाट साह अध्यक्षमा निर्वाचित भएका हुन ।

शुक्रबार भएको मतदान प्रक्रियाबाट यतोशले अध्यक्ष पदमा विजयी भएका छन् । यस्तै, कार्यकारणी उपाध्यक्षको लागि रजनीश कुमार साह विजयी भएका छन् । मतदान प्रक्रियाबाटै रजनीशले दिएको उम्मेदवारीमा उनी कार्यकारणी उपाध्यक्षमा विजयी भएका हुन् ।

यस्तै, अर्का कार्यकारणी उपाध्यक्षमा महिलातर्फ कमल कुमारी मण्डल निर्वाचित भएकी हुन् । जेसिजको उपाध्यक्षमा लोकेन्द्र प्रसाद साह, रन्जीत पँजीयार, मनोहर ठाकुर र अभिनास साह रहेका छन् ।

यस्तै मनोनित पदाधिकारीहरुमा महासचिवको लागि मुकेश साह, कोषाध्यक्षमा दिपक यादव र कानुनी सल्लाहकारमा राहुल नीधि मनोनित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?