जनकपुरधम , ११ माघ । राष्ट्रियसभा निर्वाचन मधेश प्रदेशमा सुरु भएको छ । मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवले निर्वाचनमा मत खसालेका हुन । जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
मधेश प्रदेशबाट मतदान प्रक्रियामा १०७ प्रदेश सांसदसहित ३७४ जना भाग लिदैछन । बिहानदेखि सुरु भएको मतदान दिउसो ३ बजेसम्म जारी रहेनेछ। मधेश प्रदेशमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालय अनुसार मधेश प्रदेश सत्ता गठबन्धनबाट आनन्द ढुङ्गाना र पुजा चौधारीको उम्मेदवारी परेको छ भने एमालेबाट उशादेबी थारु कुमारी बिजेता झाको परेको छ ।यसैगरी जनमतबाट रामशन्कर महाशेठको उम्मेदवारी परेको प्रदेश निर्वाचन अधिकृत नबिन चौधरीले बताए ।
एमालेबाट अन्य तर्फ विजेता झा र महिला तर्फ उषा देवी थरुनीले उम्मेदवार छन् । झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् । जनमत पार्टीले मधेश प्रदेशमा अन्य समूहमा रामशंकर महासेठ उम्मेदवार छन् । मधेश प्रदेशमा प्रदेशसभाका १०७ र पालिका प्रमुख र उपप्रमुख गरी २६७ मतदाता छन् ।
पालिका प्रमुख उपप्रमुखको मतभार ५ हजार ५३ र प्रदेश सांसदको ५ हजार ६७१ गरी जम्मा १० हजार ७२४ मतभार छ ।






