अछाममा जंगली जनावरको छालाको कारोबार गर्ने एक जना पक्राउ 

२०८० माघ १२, शुक्रबार ०४:४८

जनकपुरधाम, माघ १२ गते । अछाममा जंगली जनावरको छाला, सिङ र भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मंगलसेन नगरपालिका–१२ ठाँटीखाँद बस्ने टंकबहादुर शाही रहेका छन्।

बिहीबार शाहीको घरमा जङ्गली जनवारको छाला, सिङ तथा अवैध भरूवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा जङ्गली जनावरको छाला, सिङ र भरुवा बन्दुक फेला पारेको अछाम प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्थान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?