१९ बुदे माग सम्बोधन नहुदा पर्सा गाउँपालिकाको कार्यलयमा लगाए ताल्चा 

२०८० फाल्गुन २, बुधबार ०५:५५

सर्लाही, फाल्गुन १ गते  । सर्लाहीको पर्सा गाउँपालिकामा आज मंगलवार तालाबन्दी गरिएको छ । पर्सा गाउँपालिकाका बहुमतका सदस्यहरु, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यले तालाबन्दी गरेका हुन् । आज मंगलवार उनीहरुको टोली ताल्चा लगाइ दिएका हुन् ।

गाउँपालिका अध्यक्ष धिरेन्द्र राय यादव र प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार यादवले कार्यपालिकाको बैठकमा प्रस्तुत गरेको १९ बुदे मागलाई सम्बोधन गर्न अटेरी गरिरहेकाले तलाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ ।

उनीहरुले आ.व. ०७९/८० को आय व्ययको फाटवारी हुनु पर्ने, आ.व. ०७९/८० को प्रतिवेदन प्रस्तुत, आ.व. ०७९/८० को राजस्व प्रतिवेदन प्रस्तुत, शाखा प्रमुखको कामकाज संतोषजनक नभए हेरफेर वा आवश्यकता अनुसार हटाउने, वाड कार्यलयमा स्थायी कर्मचारी व्यवस्था गर्ने, आ.व. ०८०/८१ को श्रावण देखि हालसम्मको खर्चको फाटवारी हुनुपर्ने र स्थायी, करार र ज्यलादारीको कर्मचारीहरुको तलब सहितको विवरण पेश गर्नु पर्ने लगायतका १९ बुदे माग राखेका छन ।

लामो समय देखि बैठक बस्दा पनि कार्यपालिकाको बहुमत सदस्यहरुको प्रस्तावलाई पालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृतले सम्बोधन नगरेकोले उनिहरु तालाबन्दी गरेका हुन ।

स्थानीय सरकार संचालन ऎना २०७४ अनुसार कार्यपालिका सदस्यहरुले बहुमतले पास गरेको प्रस्तावलाई लागू गर्नु पर्ने व्यवस्था हुदै हुँदै पनि पालिका अध्यक्ष र प्रमुख अधिकृतले कानुनको धज्जी उडाएको देखिन्छ ।

साथै १९ बुदे मागको सम्बोधन नभएसम्म पालिकाको ताल्चा नहट्ने उनीहरुको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?