चन्दन रजक ३ फागुन, सप्तरी । बुधबार माघ शुक्ल पञ्चमीका धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरुले बिहीबार सरस्वतीको मूर्ति सेलाउँदैछन् । ‘श्रीपञ्चमी’ पर्व सम्पन्न भएको भोलिपल्ट विद्याकी अधिष्ठात्री देवीको रुपमा परिचित सरस्वतीको मूर्ति सेलाइएको हो ।
परालको आकृत्तिमा माटो मुछेर बनाइको मूर्तिमा रंगरोगन गरेर आकर्षक बनाइएको हुन्छ । सरस्वती पूजाको दिन पूजा गरिसकेपछि मूर्तिलाई भोलिपल्ट नदी तलाउमा लगेर सेलाउने गरिन्छ ।
राजबिराज क्षेत्रको मूर्ति सप्तरीको भारदह स्थिती कोशी नदीमा लगेर सेलाउने गरिएको छ ।
सरस्वती पूजा सकिएकोले नदिमा लगेर सरस्वतीको प्रतिमालाई सेलाएको राजबिराज स्थित युनिभर्सल क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले जानकारी दिए ।
मूर्ति सेलाउने क्रममा गाना बजानासहित रमाइलो गर्दै विद्यार्थीहरु नदी तथा तलाउमा पुग्ने गरेका छन् । यसरी सरस्वती माताको मूर्ति सेलाउने क्रममा जाँदा बजाइएको भोजपुरी गानाको शब्द अलि उछृङखल भएको गुनासो सर्वसाधरणले गरेका छन् ।
सरस्वतीको आरधाना गरेको गीतहरु भन्दा पनि भोजपुरी छाडा गीतहरुले प्राथमिकता पाएको उनीहरुको भनाइ छ ।
चन्ऽमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रहृमचारिणी, चन्ऽघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने चलन छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आˆना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्ने गरेका छन् ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गनिी ब्रहृमायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने जन विश्वकास छ ।
यसैकारण तराई मधेसमा सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्व सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता पनि छ र सोही दिनबाट स-साना बालबालिकाको अक्षराम्भ पनि गरिन्छ ।
प्रदेश २ मा सरस्वती पूजा भव्यताका साथ मनाउने गरिन्छ । र, त्यसको भोलिपल्ट विद्यालय बन्द गरेर मुर्ति सेलाउन जाने गरिन्छ ।






