जनकपुर। नेपाल ‘ए’ र क्यानडा-११ बीचको सीरीजको तेस्रो तथा निर्णायक खेल आज भइरहेको छ ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको यो खेलमा क्यानडा-११ ले टस जितेर छ । जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ थालेको छ ।
ताजा अवस्थामा नेपालले कुनै पनि विकेट नगुमाई ८ ओभरमा २४ रन बनाएको छ ।
यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ‘ए’ ले जीत हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सीरीज आज जित्ने टिमले हासिल गर्ने छ ।
नेपालको प्लेइङ-११: सन्दीप जोरा (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।






