चन्दन रजक, राजबिराज ।रौतहट जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी धर्मपुर को संयुक्त सहयोगले अन्दाजी २५० किलाे अबैध माछा बरामद गरेर नष्ट गरेको छ ।
प्रहरी चौकी धर्मपुर को इन्चार्ज सुरेन्द्र प्रसाद कुशवाहाको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध तरिकाले नेपाल भित्राउदै गरेको अवस्थामा २५० किलो माछा बरामद गरेको छ।
करिब ३:०० बजेको समयमा नेपाल प्रहरीले अन्दाजी मूल्य ८० हजार रुपया बराबरको माछा बरामद गरेको हो ।
गस्ती टोलीलाई देखेपछी माछा छोडेर भागेको अवस्थामा माछा बरामद गरेको प्रहरी चौकी धर्मपुर रौतहटका प्रहरी जवान धिरेन्द्र यादवले जानकारी दिए ।
जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त माछालाई प्रहरीले नष्ट गरेको छ ।






