चन्दन रजक, राजबिराज । सप्तरीको राजविराज नगरपालिका वडा नं ११ फर्सेैठको खेल मैदानमा सञ्चालित पहिलो वडा कप टि टवान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा दमापतीले बगेश्वरीलाई १२ रनले पराजित गरेको छ ।
राजबिराज वडा नं ११ को सहयोगमा र श्री श्री 108 श्री बाबा महन्थ युवा समितिको संयोजनमा प्रथम वडा कप टि ट्वान्टी जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा दमापतीले जित हात पारेका छन् ।
बगेश्वरीले टस जितेर पनि बलिङ्ग रोजे र दमापतीले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा तीन बिकेट गुमाउँदै दुई सय ३६ रन को योगफल बनाए ।
दमापतीका मुकेश उत्कृष्ट ब्याटिङ्ग गर्दै अनिल ७१ रन जोडे भने , सुजितले ६८ रन तथा राहुल ३४ र मुकेशले ६१ रन बनाएका थिए ।
आयोजक कमिटिका सदस्य भुषन यादवका अनुसार खेलको म्यान अफ दि म्याच उमेश चौधरी घोषति भयो।
सो अवसरमा जनप्रतिनिधि युवाहरु , विद्यार्थी ,राजनितिक दलका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।






