प्रतिबन्धित लागु औषध सहित ३ जना प्रहरीकाे नियन्त्रणमा

२०८० फाल्गुन १७, बिहीबार ११:५८

फाल्गुण १७, डेस्क। प्रतिबन्धित लागु औषध सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागु औषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई मेचीनगर नगरपालिका–६ मा डेरा गरी बस्ने वर्ष २६ का प्रकाश पौडेल, काठमाडौँका वर्ष ३० क ईश्वर आधिकारी र अर्जुनधारा नगरपालिकाका वर्ष २२ का पुजन तामाङलाई हिजो साँझ नियन्त्रणमा लिइएको हो ।

चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध खैरो हेरोइन फेला परेको प्रहरीले जानकारी दिएको हो।

उनि तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?