सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन्।
मोरङको धनपालथान गाउँपालिका-३ मा डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन्।
कार्यालय परिसरमा रहेकाे क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन्।
बस्यालको मृत्यु के-कारणले भएको हो भने खुलेको छैन ।






