इस्लामिक रिलिफ वल्ड वाइडको आर्थिक तथा प्राविधिक सहयोगमा दलित समाज उत्थान समिति नेपाल,महोत्तरी द्धारा संचालित पौष्टिक आहार वितरण कार्यक्रम २०२४ अन्तर्गत मधेश प्रदेश,महोत्तरी जिल्लाको बलवा नगरपालिकाको वडा न १,२,३ र ७मा १३३७ घरधुरीर लोहारपट्टी नगरपालिका वडा न २ र ७ मा ८ सय ३३ घरधुरी गरी कुल जम्मा २१७० अति विपन्न, दलित मुस्लिम र गरिबलाई रु ६००० बराबरको खाद्यान सामग्रीहरु (कतरनी चामल, सरसोको खाने तेल, पिठो, चानाको दाल, मुसुराकोे दाल, लहरको दाल, खुर्सानीको धुलो, धनीयाको धुलो, स्वाबिन, चाना, नुन आदि )सहयोग गरियो । यस कार्यक्रममा दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको संस्थापक अध्यक्ष श्री सुनिल ठाकुर ज्यू, वर्तमान अध्यक्ष श्री डेजी पाण्डेय ज्यू द्धारा वितरण कार्यक्रमको उदघाटन गरि सञ्चालन गरियो र उक्त कार्यकम्रको अनुगमन इस्लामिक रिलिफ वल्र्ड वाइडका प्रतिनिधी, पालिकाको प्रतिनिधी, संस्थाका प्रतिनिधी तथा वार्डका वडा अध्यक्ष्य ज्यूहरु द्धारा गरिएको थियो र आवश्यक सल्लाह र सुझाव प्रदान गर्नु भयो ।





