बैंकमा सञ्चालकमाथि गोली प्रहार

२०८० चैत्र २, शुक्रबार ०९:२७

चैत २,डेस्क। शिव मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिसकेको बताइन् । गोली चलाउने समूहका तीन जनालाई प्रहरीले पक्राउ समेत गरेका छन् ।

पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइते संचालकलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । घटनाबारे विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?