६ महिना देखि विद्यालयले शिक्षक नै नराखी विधार्थीहरुको पढाइलाइ डामाडोल । आज उत्रिए विद्यार्थी आन्दोल मा

२०८० चैत्र ४, आईतवार ०२:४०

सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय हजरीया -३ मा रहेको सिटिइभिटी अन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत विधार्थीहरुको ६ महिना देखि विद्यालयले शिक्षक नै नराखी विधार्थीहरुको पढाइलाइ डामाडोल परेको छ । आज विधार्थीहरुले सन्चारकर्मी सँग कुराकानी गर्दै भने “आफुहरुले पटक पटक विद्यालय प्रधानध्यापक रामबहादुर यादब लाइ बिना शिक्षक कसरी पढ्ने, सिटिइभिटीले परीक्षा फारम खुलिसकेको र परीक्षा नजिक आइपुगेको, परीक्षामा के लेख्ने भन्ने जस्ता समस्याहरु सुनाउँदा सुनाउँदा थाकिसकेका छौँ।”
त्यसो त विधार्थीहरुले विधालयमा अनेकौं समस्याहरु रहेको र बयान गर्न घण्टा घण्टौले समस्याहरु सुनाउँदा पनि नसकिने बताउनुभयो। आफुहरुले होस्टेलमा बस्दा पनि केही बिग्रेको समानहरु बनाउन भन्दा पनि नतिरेको बताएका छन।
आफुहरुले विद्यालय प्रधानध्यापक रामबहादुर यादब, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यगबहदाुर खड्का ,वडा अध्यक्ष , नगरपालिका शिक्षा शाखा र मेयर लाइ निवेदन बुझाउँदा पनि आफुहरुको समस्यालाइ केही गर्न नसकेको र जहाँ जानुस छ त्यहाँ जानुस् भन्नुहुन्छ।
हाल पाचौँ सेमेस्टरमा करिब १० जना र तेस्रो सेमेस्टरमा १० जना अध्ययनरत विद्यार्थीहरु रहेका छन ।
के विधार्थीहरुको पढाइलाइ डामाडोल पार्ने अधिकार कसले दियो ।
आफुहरुको प्रयोगात्मक कक्षा पनि नभएको गुनासो सुनाउनुभयो।
प्रधानध्यापकलाइ भन्दा त शिक्षक नियुक्ति गर्ने पैसा अहिले नभएको बताउँछन्।
गुनासो:- कृषनन्दन मुखिया
सिटिइभिटी ( पाचौँ सेमेस्टर)
( बरहथवा नगरपालिका विधार्थीहरु )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?