जनकपुर। सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ ।
उनलाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
महरालाई सोमबार बिहान कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए ।






