जनकपुरधाममा एक पसल मा    नगद र सर सामान गरी करिब एक लाख बराबर चोरी

२०८० चैत्र १५, बिहीबार ०८:२२

जनकपुरधाम चैत १५,डेस्क। जनकपुरधामको मुख्य चोक रामानन्द चोकको एउटा कस्मेटिक पसलमा बुधवार राति चोरी भएको छ। बन्द रहेको सटरको छाना फोडेर चोरी गरिएको छ।

संजय साहले जनकपुरधाम उप महानगरपालिका–८ रामानन्द चोकमा सञ्चालन गरेको परी कस्मेटिकमा चोरी भएको हो।

पसल सञ्चालक साहका अनुसार नगद र सर सामान गरी एक लाख बराबर चोरी भएको छ। बुधबारसाँझ पसल बन्द गरेर घर गएको र सोही राती २ बजेतिर घर मालिकले अनौठो अवाज सुनेपछि पसल धनि साहलाई खबर गरेको थियो। तर उनि आउँदा चोरी भएको अवस्थामा पाएको थियो।

हिजो बुधबार जनकपुरधाममा होलि समेत रहेको थियो। होलीमा एस्तो घटना प्राय भइरहेको हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?