पूजा पासवान–जनकपुर २०८०, चैत२७ । सशस्त्र प्रहरी बल पर्सा द्वारा श्रोत नखुलेको ६ लाख नगद सहित एक महिलालाई पक्राउ गरेकाे छ ।
पर्साकाे बि.म.न.पा.-१६ भन्सार मेनगेट गेट स्थित प्र.सी. सु. गुल्म बिरगंजबाट खटिईएको चेकप्वाईन्ट टोलिले चेकजाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला पर्सा बिमनपा-१६ नगवा बस्ने अ.बर्ष ३७ की मालति देवि सोनारलाई साे रकम सहित पक्राउ गरेको हाे । सशस्त्र प्रहरीले उनको साथ बाट श्रोत नखुलेको नेपाली नगद १००० दरको नोट ६०० थान= रु ६,००,०००।- (छ लाख ) सहित निज लाई आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाएको।
यसैगरी जिल्ला पर्सा बीरगंज म.न.पा.-१५ प्रतिमाचोक स्थित चेकप्वाईन्ट टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा साइकल ल्याउदै गरेको किनारा समान फाली साइकल सहित ब्यक्ति भागी गएको हुँदा उक्त किराना समान मुल्य रु १७,८२५।- बराबरको बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको।






