राजबिराज नगरपालिका वडा नं ११ फ्रसैठमा समुदाय भवन निर्माणको लागि शिलान्याश गरेको छ। बुधबार नगरपालिकाका उपाध्यक्ष इसरत परविन र वडा अध्यक्ष उदितनारायण यादवले भवन सिलान्यास गरेकी हुन्।
वडाको सेनटर रहेको वडान—११ मा १ तले सुविधासम्पन्न भवन बन्न लागेको हो।
भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उपाध्यक्ष इसरत परबिनले भवन तोकिएको समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गरेको बताईन्। उनले भनिन् एस्टीमेट अनुसार समयमा भवन तया हुनेछ। समयमै भवन सम्पन्न गर्न र गुणस्तरीय बनाउन नगरपालिकाले बेला बेलामा अनुगमन गर्ने छ।






