हिजो बुधवार राती जनकपुरधाम उपमहानगरपालिका–१६ कपलेश्वरनाथ मन्दिर देखि बेलौनी जाने बाटोको पोखरी डिलमा जलिरहेको अवस्थामा एक युवती र बालिकाको शव फेला परेको धनुषाको प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन्।
महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर ०२ कि २३ बर्सिया प्रियंका महतो रहेका छिन्। भने एक वर्षीय बालिकाको पहिचान खुल्न नसकेको प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
डिएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा हिजो राति ८ बजेतिर शव जलिरहेको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। शव जलिरहेको अवस्थामा पहिचान गर्न नसकिने उक्त युवतीको शव बरामद भएको थियो।
युवतीसँगै जलिरहेको अवस्थामा भेटिएकी बालिकाको उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा लाग्दा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक युवती र बालिकाबीच अहिले सम्म नाता खुल्न नसकेको प्रहरीले बताएका छन्। भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।






