झापामा मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु

२०८१ बैशाख ८, शनिबार ०७:५४

बैशाख ०८, जनकपुर। झापामा मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।

हिजो शुक्रबार राति जिल्लाको कचनकवल गाउँपालिका–६ स्थित सडकमा मे.८ प ८१७ नम्बरको मोटरसाइकल र बि आर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक सोही गाउँपालिका–४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भने दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान भैरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?