३ वर्षीया छोरीलाई टुहुरी बनाएर परपुरुषसँगै प्रियंकाले संसार छाडिन्

२०८१ बैशाख १३, बिहीबार ०७:३४

जनकपुर । जनकपुरको एक होटलमा मंगलबार मृत भेटिएका पुरुष र महिला विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।   मंगलबार दिउँसो जनकपुरस्थित रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा महोत्तरीकी २५ वर्षीया प्रियंका कापर आफ्ना पुरुष साथी महोत्तरीकै ३१ वर्षीय हितेन्द्र पासपानसँग मृत फेला परेकी थिइन्।

महोत्तरीको पिपरा गाउँपालिका- ४ का सरोज भनिने हितेन्द्र र सोही ठाउँ माइत भएकी प्रियंका लामो समयदेखि प्रेम सम्बन्धमा रहेको स्थानीयले बताएका छन्। एकै गाउँमा जन्मे हुर्केका उनीहरुको विवाह भने अन्यत्रै भएको थियो। किशोराअवस्थादेखि नै प्रेम सम्बन्धमा रहेका भएपनि उनीबीच जातियताको कारण विवाह हुन नसकेको घटनालाई नजिकबाट नियाल्दै आएका स्थानीय एक जनप्रतिनिधिले बताए।

‘प्रेम सम्बन्धमा रहे पनि हितेन्द्र पासवान दलित भएका कारण प्रियंकाका अभिभावकले उनको अन्यन्त्रै विवाह गरिदिएका थिए,’ उनले भने, ‘यो मृत्युमा जातिय विभेद पनि जोडिएको छ।’ मधेशमा कापरलाई कथित पानी चल्ने र पासवानलाई पानी नचल्ने जातको रुपमा बुझिन्छ।

Sorce – पूर्वेली न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?