२७ वैशाख, जनकपुरधाम। धनुषामा करेन्ट लागेर एक युवकको निधन भएको छ। धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ रमौली टोल बस्ने ३० वर्षीय अमरेशकुमार महतोको निधन भएको हो । बिहिवार बिहानै बँदेल, निलगाई धपाउनको लागि खेतबारीमा लगाएको बिद्युतिय तारको घेरामा उनको करेन्ट लागेर मृत्यू भएको हो ।
उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाए छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ।






