२९ वैशाख, जनकपुरधाम । भंगहा नगरपालिका वाड-१ कोरियामा सन्चालित सिलाइ कटाइ सम्बन्धि ३५ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । महिला तथा बालबालिका बिकास केन्द्रको आयोजना तथा भंगहा नगरपालिकाको सहयोगमा महिलाहरुका लागि चैत २१ गते देखि सन्चालन गरिएको तालिम वैशाख २८ गते शुक्रबार सकिएको हो ।
महिला तथा बालबालिका बिकास केन्द्रको अध्यक्ष पुजा कुमारी पासवानको अध्यक्षतामा आयोजित तालिमको समापन समारोहमा प्रमुख अतिथी वडाध्यक्ष लक्ष्मी साहले आफुले महिलाहरूको सीप विकासका अगामी वर्षमा यस्तै कार्यक्रमहरु ल्याउने प्रतिबद्धता गरे ।
आफ्नो शुभकामना मन्तव्य राख्दै महिला तथा बालबालिका केन्द्रका अध्यक्ष पुजा कुमारी पासवानले भनिन् ,`हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गरिन । समापन समारोहमा प्राप्त गरेको प्रमाणपत्रलाई राख्नै मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले उहाँले यहाँ सीकेको सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिनुभयो ।´तालिममा सहभागी महिलाहरुको उत्साह र मनोबल बढाउनको लागि विदाइ स्वरुप सबैलाई पासवानले एक एक थान कपडा वितरण गरिन् ।
उक्त तालिममा भंगहा नगरपालिका वाड-१ का २५ जना महिलाहरुको सहभागी थिए । उनीहरुलाई दैनिक ६ घण्टा सिलाई कटाई सम्बन्धि तालिम प्रदान गरिएको प्रशिक्षिका फुलो देविले बताउनुभयो । उनीहरुलाई समापनको दिनमा प्रमाणपत्र समेत हस्तान्तरण गरिको हो ।






