मधेशमा एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको नयाँ सरकार बन्ने

२०८१ बैशाख ३०, आईतवार १४:२७

३० वैशाख, जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त सरकार गठन हुने भएको छ ।अब एमालेको नेतृत्वमा माओवादी, लोसपा र जनमतसहितको नयाँ गठबन्धनको मधेश सरकार बन्ने सहमति भएको एमाले केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ले जानकारी दिएका छन् । उनले चारै दलका नेताहरूबीच नयाँ सरकार गठनबारे सहमति भएको भन्दै सामाजिक सञ्जालमा हात मिलाएको संयुक्त तस्विर शेयर गरेका हुन् ।

मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये एमालेका २५, जनमतका १३, माओवादीका र लोसपाका ८ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ । केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेशमा अशोक राई नेतृत्वमा सांसदहरू खुल्न बाँकी छ ।

मधेशमा अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । माओवादी र एमाले सरकारबाट समर्थन फिर्ता लिएसागै उनी अल्पमतमा परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?