अनैतिक सम्बन्धका कारण नाई युनियन र OBC का केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुर थुनामा

२०८१ जेष्ठ ५, शनिबार ०३:३२

नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुर थुनामा परेका छन् । उनका श्रीमती उषा कुमारी ठाकुरले परस्त्रीर OBC र NEBTU का केन्द्रीय पदाधिकारी एक महिलासँग अनैतिक सम्बन्धमा लागेर आफुलाई गालीबेईजती तथा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरमा किटानी जाहेरी दिएपछि दुबै पछलाई छलफलका लागि शुक्रबार प्रहरीले बाेलाएका थिए ।

बिगतका दिनमा अध्यक्ष ठाकुर बेलाबेलामा विवाद बन्दै आएका छ । २०७९ काे चुनावमा उनलेे OBC काे लागाे झण्डा प्रयोग गरेको हुदा उनलाई OBC महासंघका केन्द्रीय समितिले उनलाई कारवाही समेत गरेका थिए भने वैशाख २५ गते काठमाडौंकाे बानेश्वरमा भएको एक कार्यक्रममा ठाकुरलाई उनकै केन्द्रीय समितिका पदाधिकारीहरुले भ्रष्टाचारीकाे संज्ञा दिदै बिराेध प्रदर्शन गरेका थए । रेटकाड बितरण गरि प्रति सैलुन रु १५००/- देखि १७५० सम्म उठाउने र विभिन्न संघसंस्था व्यक्तिबाट समेत रकम उठाएर भ्रष्टाचार गरेको र हिसाब माग्दा उल्टै गाली बैइजती गर्ने गरेको नेपाल नाई ट्रेड युनियनका केन्द्रीय सदस्य गंगा ठाकुरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?