कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु

२०८१ जेष्ठ ५, शनिबार ०४:३०

जेष्ठ ५,डेस्क। जनकपुरधाममा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । आज बिहान ३ बजेको समयमा जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
पत्रकारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको शहिदनगर नगरपालिका ८ का बासिन्दा ३२ वर्षीया रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत्त थिए ।मोटरसाइकलमा पछाडि सवार मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।

उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?