जनकपुरधाम,१७ जेठ । मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सहमति भएको छ। बिहिवार बसेको दलहरुको बैठकले जनमत पार्टी नेतृत्वको सरकार बनाउनेमा सहमति भएको हो ।
सहमतिमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ । भने सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीका प्रतिनिधिको हस्ताक्षर छैन ।
`सरकारमा सहमति भएका दलहरुका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाड गर्ने तथा संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक र अन्य दलहरूसंग पनि सांसद अगाडि बढाउने निर्णय भएको छ ।´ प्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मधेश प्रदेशमा १०७ प्रदेश सदस्य मध्ये नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
३० वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । २१ जेठदेखि संसदको अधिवेशन आह्वान गरिएको छ र २३ जेठमा उनले विश्वासको मत लिने तयारी गरेका छन् ।







