सर्लाही,१८ जेठ । पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीको कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघ केन्दिय समितिले सार्वजनिक गरेको नयाँ तथा नविकरण सदस्यता सूचि प्रति असहमती जनाउँदै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीको कार्यालयमा बिहिवार अनिश्चित कालको तालाबन्दी गरेको हो । सर्लाही जिल्लामा कार्यरत सक्रिय पत्रकार र पेस मञ्च नेपालले संयुक्त रुपमा तालाबन्दी गरेको हो ।
पत्रकारितामा क्रियाशिल नरहेका व्यक्तिको सदस्यता स्वीकृत गरेको तर पूर्णकालीन पत्रकारिता गर्नेको नाम सूचीबाट हटाएकोले सदस्यता नविकरण र नयाँ सदस्य कायम गर्न माग गर्दै तालाबन्दी गरिएको उनीहरुको आरोप रहेका छन ।
पत्रकारितामा क्रियाशील नरहेका व्यक्तिलाई सिफारिस गरेको र पूर्णकालीन पत्रकारिता गर्नेको नाम सूचीबाट हटाइएको, अमुक राजनैतिक दल विशेषको सिफारिसमा एउटै प्रकृतिको सदस्यलाई गरेको फरक फरक व्यवहार र गलत बाटोबाट गरेको त्रुटिपूर्ण निर्णय नसच्चिए सम्म तालाबन्दी नहट्ने उनीहरुको माग रहेका छ्न ।






