धनुषामा १८ लाख मूल्य बराबरको भन्सार छलीका प्याज सहित पिकअप नियन्त्रणमा

२०८१ जेष्ठ २०, आईतवार २२:०२

जनकपुरधाम,२० जेठ। भारतबाट भन्सार छली गरेर ल्याएको १८ लाख पच्चीस हजार मुल्य बराबरको प्याज सहित पिकअप  धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा शहिदनगर नगरपालिका वडा नं.०३ स्थितमा मधेश प्रदेश ०४-००१ च ०१५८ नम्बरको पिकअपमा भारतबाट नेपाल तर्फ भन्सार छली गरेर प्याज ल्याउदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट खटि गएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा पिकअप सहित प्याज नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेको समानलाई थप कार्वाहीको लागि  भन्सार कार्यालय जनकपुरमा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?