यातायात कार्यालय गौरबाट दुई जना बिचौलिया पक्राउ

२०८१ जेष्ठ २१, सोमबार १०:२७

रौतहट,२१ जेठ । यातायात कार्यालय गौर रौतहटबाट दुई जना बिचौलिया पक्राउ परेका छन । गौरको ट्रायल सेन्टरबाट दुई जना बिचौलियालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन भरतपुर–१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने बर्ष ४८ को श्यामनारायण साह रहेको छ ।

ट्रायल सेन्टरमा बिचौलियाले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो गएपछि आइतबार दुई जना जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएपी एलिजा गिरीले बताइन् ।पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन् ।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं बिचौलिया लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने गरेको स्थानियको भनाइ छ । उनिहरु ट्रायल प्रयोगात्मक परिक्षा पास गराइदिने भन्दै एक जनाबाट १० देखि ३० हजार रुपैया लिनेगरेको पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?