जनकपुरधाम,२३ जेठ । आज जनकपुरधाम विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । “हाम्रो भूमि,हाम्रो भविष्य” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस मनाएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा दुधमती नदी सरोकार समाजले विभिन्न नारा र तस्बिरका प्लेकार्ड बोक्दै मौन प्रदर्शन गरेका छन । जनकपुरधामको जनक चौकमा युवाले प्लेकार्ड बोकेर “पानी बिना हाम्रो भविष्य कस्तो होला? बालबालिकालाई दिउँ यो शिक्षा, पर्यावरणको गरौं सुरक्षा, सासे हो रही है कम।आयो मिलके पेड लगाए हम,रुख बचाउनुहोस, पृथ्वी बचाउनुहोस, सास फेर्न मन पर्छ, पानी बचाउनुहोस, ” लेखिएका प्लेकार्ड बोक्दै मौन प्रदर्शन गरेका छन । तस्बिरहरु :