जनकपुरका पत्रकार माथी प्रहरीले दुव्र्यवहार गरेको घटना प्रति प्रेस मञ्च नेपालको आपत्ति

२०८१ जेष्ठ २५, शुक्रबार १९:१३

जनकपुरधम,२५ जेठ । जनकपुरका पत्रकार माथी प्रहरीले दुव्र्यवहार गरेको घटना प्रति प्रेस मञ्च नेपाल धनुषा शाखाले आपत्ति जनाएको छ । समाचार संकलनका क्रममा पत्रकारमाथि प्रहरीबाट दुर्व्यवहार भएको भन्दै मञ्च आपत्ति जनाउदै प्रेस विज्ञप्ति निकालेका छन  ।

समाचार संकलनको क्रममा नयाँ पत्रिकाका समाचारदाता एवं नेपाल पत्रकार महासं घ मधेश प्रदेशका कार्यसमिति सदस्य हदिश खुद्दारलाई प्रहरीद्वारा दुव्यवहार र समाचार सामाग्री खोसिएको घटनाप्रति हामी ध्यानाकर्षण भएको छ ।

समाचार संकलनको क्रममा जिल्ला प्रहरी धनुषा कार्यालय अगाडि भिडियो खिचिरहेको वेला पत्रकार हूँ भन्दा भन्दै प्रहरीद्वारा कुटपिट र गाली गलीजसहितको दुव्यवहार र समाचार सामाग्री मोबाइल खोसिनु घटना निन्दनीय रहेको र प्रेस मञ्च नेपाल धनुषा त्यसको घोर भर्त्सना गरेका छ्न ।

घटनाको निन्दा गर्दै पत्रकारको सञ्चार समाग्री खोस्ने, गालीगलौज र दुयवहार गने सुरक्षकमीको पता लगाई कडा भन्दा कडा कारवाही र प्रहरी निकायद्वारा भइरहेको प्रेस स्वतन्त्रता हननको घटना बन्द गर्न जोडदार रुपमा माग गर्दछ  । यथाशिघ्र माग पुरा नभएको अवस्थामा हामी संघर्षमा उवन बाध्य हुनेछौ भन्ने कुरा प्रेस विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई जानकारी गराउन चाहन्छौं । प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?