नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

२०८१ जेष्ठ २५, शुक्रबार २२:३२

काठमाडौं,२५ जेठ । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको निर्वाचन स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचनमा मतदान नहुने जानकारी दिएका हुन् ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्ने गरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?