छल गरेर ठग्यो करोडौं रुपैयाँ, सिद्धार्थ बैंकका प्रबन्धक विरुद्ध मुद्दा

२०८१ जेष्ठ २७, आईतवार १२:०७

जेष्ठ २७,डेस्क। आफ्नै मामाको छोराले विश्वासघात र ठगी गरेको आरोपमा सिद्धार्थ बैंक जनकपुर शाखाका प्रबन्धक अजय कुमार यादव सहित तीन जनामाथि मुद्दा दायर गरेको छ।

आफ्नो व्यावसायमा साझेदारी पार्टनर समेत रहेको बैंकका प्रबन्धक अजय कुमार यादवले आफु बैंकमै रहेकाले विभिन्न पार्टीलाइ पैसा दिनु पर्ने भन्दै छल गरि दस थान खाली चेक लिएर आफ्नो आफन्तको नाममा ९६ लाख रुपैयाँको चेक दिएको जानकारी पिडित राजीव कुमार यादवले पत्रकार सम्मेलन गरि जनाएका हुन्।

शाखा प्रबन्धक अजयको मनमा लोभ जागेपछि उनले सोही चेकहरू कब्जामा लिएर आफ्नै व्यवसायिक पार्टनर राजीवलाई ब्ल्याकमेलिङ गरेपछि मनमुटाव शुरु भएको थियो।

चेक दिएको व्यक्ति अभिनन्दन कुमार यादवसँग आफ्नो कुनै किसिमको सरोकार नरहेको राजीव यादवले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर २ बस्ने राजीव यादवले सिद्धार्थ बैंक जनकपुरका प्रबन्धक अजय कुमार यादव, उनका बुवा विश्वनाथ यादव र उनका आफन्त सबैला नगरपालिका वडा नम्बर ९ बस्ने अभिनन्दन यादवमाथि विश्वासघात अनुचित लेनदेन गरेको भन्दै निवेदन दिएका थिए।

महोत्तरीको बर्दिबास स्थित संचालनमा रहेको जय बाबा ठाकुर वासिंग सेन्टरका संचालक समेत रहेका पिडित राजीव यादवसँग विश्वनाथ यादव, अजय कुमार यादव र अभिनन्दन यादवले साझेदारीमा काम गर्ने भनेर विश्वासमा लिएका थिए जसको कुनै किसिमको लिखित सम्झौता भने गरिएको थिएन्। लगानीको रुपमा वासिंग सेन्टरमा बैंक प्रबन्धक समेत रहेको अजय यादवले १३ लाख रुपैयाँ जति लगानी गरेका थिए ।

अजयले विश्वासमा पारेर विश्वासघात गरेको आरोपसहित उनीमाथि आपराधिक विश्वासघात,अनुचित लेनदेन तथा ठगी मुद्दा दर्ता भएको हो ।

सामुदायिक बैठक,पंचायत, स्थानिय प्रहरी चौकी तथा पारिवारिक छलफलमा पनि नमानेपछि आफु अदालती प्रक्रियामा गएको उनि बताएका हुन्।

यता, राजिवकी आमा पनि आफ्नो दाईनै छोरासँग ठगी गरेको कुरा सत्य रहेको स्पष्ट पार्दै दुःख समेत व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?