जनकपुरधाममा पहिचान नखुलेका एक पुरुषको शव मृत फेला

२०८१ जेष्ठ ३१, बिहीबार १२:००

जनकपुरधाम,३१ जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित पहिचान नखुलेका एक पुरुषको शव मृत अवस्थामा  फेला परेको छ ।

बुधबार अपरान्ह जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ र ४ को बीचमा पर्ने रामचोकभन्दा दक्षिण रहेको शुक्रबारी बजार नजिक मृत अवस्थामा पुरुषको शव फेला परेको हो ।

शुक्रबारी बजारस्थित रहेको फुटपाथमै उनको शव देखेपछि व्यापारीहरुले प्रहरीलाई खवर गरेको थियो । उनको अत्यधिक गर्मीको कारण मृत्यू भएको हुन सक्ने अनुमान गरिएको छ ।

उनको विवरण भने खुलेको छैनन् भने मृत्यू कसरी भएको बारे प्रहरीले समेत अनुसन्धान जारी राखेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?