जनकपुरधाम,३१ जेठ । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवानको शंकास्पद मृत्यु भएका छ । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।
मृत्यु भएको खबर फैलिएपछि प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
कार्यालय बाहिर भीड जम्मा भएको छ । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।






