बारा जिल्ला प्रहरी कार्यालयको गेट अगाडि शव राखेर प्रर्दशन

२०८१ असार १, शनिबार २०:०८

वीरगन्ज,१ असार । बाराको कलैयाउपमहानगपिालिका–५ स्थित बहुमुखी बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रहरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको छ । आफन्त तथा समर्थकहरुले हत्यामा संलग्न आरोपितलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउन माग गर्दै प्रमुख कुशवाहाको शव बाटो बिचमा राखेर प्रदर्शन गरिरहेका छन् ।

सिडियो कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराको गेट अगाडिको बीच बाटोमा मृतक कुश्वाहाको शाव राखेर प्रदर्शन सुरु गरिएको थियो । शैक्षिक संघसंगठन एवंम् समर्थक तथा आफन्तहरुले मृतक कुश्वाहाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिउँसो २ बजेदेखि शवका साथ प्रदर्शन सुरु गरेको जनाइएको छ ।

रामराजा क्याम्पस प्रमुखको हत्यारालाई चाँडै कानुनी दायरामा ल्याउनका लागि शव राखेर प्रदर्शन सुरु गरिएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले बताए । प्रहरी गेट अगाडि शव राखेर प्रदर्शन हुन थालेपछि पीडितका समर्थक र प्रहरीबिच अहिले छलफल भइरहेको एन प्याब्सन अध्यक्ष कुश्वाहाले जानकारी दिए ।

हिजो साँझ अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको हो । गाउँमा रहेको आफ्नै पोखरीको माछा मारेर कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि गोली प्रहार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?