फेस अफ नेपालको नयाँ सिजन सुरू, मोडेलहरुको लागि आवेदन खुल्ला

२०८१ असार १, शनिबार २२:१६

जनकपुरधाम,०१ असार । २०१६ देखी नेपालमा हुँदै आएको फेस अफ नेपालको कार्यक्रम यस बर्ष २०२४ मा पनी हुने भएको छ । यस कार्यक्रममा पुरुष र महिला दुबै सहभागी हुन पाउने छन । जस्मा पुरुषको उचाई ५ फिट ८ इन्च र महिलाको ५फिट ५ इन्च हुनु पर्ने छ र १८ बर्ष देखी ३० बर्ष न कटेकाले यस कार्यक्रममा भाग लिन पाउने छन ।

आज जनकपुरधाममा पत्रकार सम्मेलन गरेर फेस अफ नेपालमा भाग लिनका सात वटै प्रदेशमा अडिसनको तयारी भई रहेको आयोजकले जानकारी दिए । `मधेशमा लुकेर हरेका प्रतिभालाई हामीले नयाँ प्लेटर्म प्रदान गर्ने अवसर लिएर आएका छौं । मधेशमा ट्यालेन्टको कमि छैन तर मधेशका मोडेलहरुले उचित प्लेटफर्म नपाइरहेको अवस्थामा हामी पहिलो पटक मधेशमा आएका छौं´ कलाकार मेनुका माझीले बताइन् ।

प्रतियोगिताको अडिसन अगामी १५ असार(जुन २९) देखि हुनेछ । अडिसन प्रदेश न.१ , सप्तरीको राजबिराज, धनुषाको जनकपुरधाम, चितवन र पोखरामा हुनेछ । साथै अडिसनबाट छानिएका प्रतियोगीले मात्र अर्को चरणमा सहभागी हुन पाउनेछन् । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकाश, शारिरिक बनावट, र्याम्प वाक, बडि ल्याङ्ग्वेज, फोटोशुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने आयोजकले बताएका छन । छनौट प्रकृया अगाडी बडेपछी सहभागिहरूलाई देशका ख्याती प्राप्त प्रशिक्षकद्वारा १५ दिने तालीम दिइनेछ ।

फेस अफ नेपालको नतिजा जजहरूको मूल्याङ्कन र भोटिङको माध्यमबाट हुनेछ भने सो प्रतियोगिताबाट ४ जना सहभागीलाई बिजेता घोषित गरिनेछ र दक्षिण कोरियामा हुने मोडल हन्टमा सहभागीह हुन ४ जना बिजेता नेपालबाट दक्षिण कोरिया पठाइने छ्न ।

यो कार्यक्रम दक्षिण कोरियामा हुने मोडल हन्टको फ्रेन्चाइज नेपालमा एम. एस. प्रोडक्सनले लिएको हो।दक्षिण कोरियामा हुने यस कार्यक्रममा २७ देशले सहभागीता जनाउने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?