
जनकपुरधाम,०२ असार । आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादव (राजु)लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आए पश्चात् इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जेठ २६ गते महेन्द्रनगरबाट रुवी बेपत्ता भएको भनेर उनका श्रीमान् राजुले प्रहरीलाई जानकारी गराउँदै खोजविनका लागि अनुरोध गरेका थिए ।
जेठ २६ मा औरही बाबाको दर्शन गर्नका लागि भन्दै श्रीमती रुवीलाई खोल्सामा पुर्याएर राजुले हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी अवाले बताए ।