मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ असार ८, शनिबार ११:४५

कञ्चनपुर,०८ असार । कञ्चनपुरको महेन्द्रनगर-सुडा सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो ।

दैजीतर्फ गइरहेको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?