जनकपुरधाम,०९ असार । धनुषाको महेन्द्रनगरस्थित सतलोक आश्रममा २१ जोडिले दाइजो तथा आडम्बरमुक्त विवाह गरेका हुन् । तराइ मधेसमा बढ्दो दाइजो प्रथालाई चुनौति दिँदै उनीहरुले यस्तो विवाह गरेका छन् ।
हुन्कबीर परमेश्वरको ६२७ औं प्रकट दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीद्वारा असार ६ देखि ८ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डाराको आयोजना गरि दाइजोमुक्त विवाह गराएका हुन् ।सामुहिक विवाहमा कुनै प्रकारको सरसामान नगद लेनदेन नगरि विवाह सम्पन्न गरेका हुन् ।
सन्त रामपाल महाराजको पावन सान्निध्यमा आदरणीय सन्त गरिबदास महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ जारी राख्दै २१ नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ ।
विवाहमा सर्व आगन्तुकलाई खाने बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भन्डारामा गरिएको थियो । १७ मिनेटको गुरुवाणीद्वारा तेत्तीस करोड देवीदेवताको स्तुति गरी तीनै देवीदेवतालाई साक्षी राखि उक्त विवाह सम्पन्न भएको थियो ।यस्ता विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ ।
यस प्रकारका विवाहले समाजमा प्रत्यक्ष प्रभाव पारेको र समाज परिवर्तित भइरहेको जानकारी पनि आयोजकले गराएका थिए । कार्यक्रममा हजारौंको संख्यामा रहेका अनुयायीले नेपाल रेडक्रसकाे सहयाेगमा रक्तदान पनि गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार यादव, मधेस प्रदेश सभामुख रामचन्द्र मण्डल र सुरक्षा निकायका उच्च अधिकारी लगायत विभिन्न निकायका प्रमुख कर्मचारीहरूको उपस्थित थियो ।






