
जनकपुरधाम,१० असार। मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना,राष्ट्रिय युवा परिषद्को सहयोगमा प्रदेश युवा संजाल मधेश प्रदेशले प्रदेश स्तरीय नमूना युवा संसद अभ्यास कार्यक्रम सुरु गरेको छ । ४ दिन सम्म चल्ने नमुना युवा संसद अभ्यास कार्यक्रममा मधेश प्रदेशको आठै जिल्लाबाट ३५ जना युवाहरूको सहभागिता रहेका छन ।
हिजो आइतबार कार्यक्रमको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले गरेका हुन । परिषद्को कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ । नगर/गाउँवाट छनोट भएका युवाहरुलाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराइने प्रदेश युवा संजालका अध्यक्ष माे•नइम राईनले बताए । अध्यक्ष राईनले नमुना युवा प्रदेश सभा अभ्यास गरिसकेपछि त्यहाँबाट छनोट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी गराइने बताए ।
नमूना युवा संसद अभ्यासले युवाहरुको क्षमता विकास, नेतृत्व विकाससहित स्वरोजगार, कुशल उद्यमी बनाउनसमेत सघाउने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री सिंहले प्रदेश युवा नमुना संसद कानुन निर्माण, सरकार र संसद् सञ्चालनलगायतका अभ्यास मैले होटेलमा नगरेर प्रदेश सभामा गर्ने सोचेका थियौं । तर आज यस्तो कार्यक्रम गराउने संजाललाई धन्यवाद व्यक्त गर्दछु । अहिलेका युवाहरू राजनीतिलाई गन्दा खेल बुझेर टाढा भाग्द छन । यो कार्यक्रमले युवाहरूलाई सकारात्मक नेतृत्वको पाठ सिकाउ छ्न । साथै अबका युवाले समाजको नेतृत्व लिने गरी काम र पहल गर्नुपर्नेमा जोड दिनुभयो।
४ दिन सम्म चल्ने प्रदेश स्तरीय नमुना युवा संसदमा प्रदेशको मुख्यमन्त्री, संसदीय दलका नेता, प्रतिपक्ष दलका नेता छनोट, मन्त्री चयन प्रकृया, सभामुख चयन गर्ने, बजेट पारित गर्ने, कानुन निर्माण प्रकृया प्रदेश सभा संचालन देखि संसदीय पत्रकारिताको अभ्यास समेत गराउने प्रशिक्षक रक्की प्रसाद साहले बताए । ४ दिन सम्म चल्ने कार्यक्रमको प्रशिक्षकको रुपमा साह रहनेछ ।
प्रदेश स्तरीय नमूना युवा संसद अभ्यासको उद्घाटन समारोहको अध्यक्षतामा खेलकुद तथा समाज कल्याण मन्त्रालय मन्त्री प्रमोद जैसवाल र प्रमुख अतिथिमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, अतिथिमा उद्योग वाणिज्य संघ जनकपुरधामका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह ,खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचीव चुडामणिा फुयाल,युएसएआडीका प्रदेश संयोजना बिजय झा,युवा महाशाखा प्रमुख निशा कर्ण, प्रदेश युवा संजालका अध्यक्ष मो.नाइम राइन र प्रशिक्षक रक्की प्रसाद साहको उपस्थिति थियो ।