मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु

२०८१ असार १४, शुक्रबार १९:४२

काठमाडौं,१४ असार । कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

 महाराजगन्ज नगरपालिका–३ गनवरियाको सडकमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लड्दा ४० वर्षीय किसलावती ठाकुर गम्भीर घाइते भएकी थिइन्। त्यसपछि उनलाई जिल्ला अस्पताल तौलिहवामा उपचारको लागि लगिएकोमा बुधबार साँझ मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?