धेरै बर्षाका कारण यातायात कार्यालय मलंगवा बन्द

२०८१ असार १७, सोमबार १२:०९

सर्लाही,१७ असार । यातायात व्यवस्था कार्यालय सर्लाही मलंगवाको कार्यालय भारी वर्षाका कारण आज बन्द हुने भएको छ ।

कार्यालयमा पानीको मुल फुटेर प्रत्येक कोठामा कम्प्युटर तथा इलेक्ट्रोनिक डिभाइसहरु भिजेर कामकाज गर्न असहज भएकोले कार्यालय बन्द गरिएको हो ।

बिगत दुइ दिनदेखी मधेश प्रदेशको विभिन्न जिल्लाहरूमा भारी वर्षा हुँदै आएको छ । वर्षाका कारण सर्लाहीको केही नदिहरुमा समेत बाढी आएको छ । साथै बाढी प्रभावित क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह समेत विपत्त व्यवस्थापन न्यूनीकरण विभागले गरिसकेका छ्न ।

कार्यालयले आज आफ्नो फेस्बुकमा एक स्टट्स लेख्दै सुचना जारी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?