‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय आदेश

२०८१ असार १७, सोमबार २१:०८

१७ असार, काठमाडौं । जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला सुनाएको छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

यसअघि दोषी ठहर भएका बमजनको हकमा सोमबार सजाय निर्धारण बहस भएको थियो । बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए । तर अदालतले आधामात्र १० वर्ष कैदको फैसला सुनाएको हो । अब उक्त फैसलाविरुद्ध सरकार र बमजन दुवैलाई उच्च अदालत जाने बाटो बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?