नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

२०८१ असार २२, शनिबार १०:२८

काठमाडौं,२२ असार । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको विज्ञप्तिमार्फत जनाएको छ।

महासंघको निर्वाचन भोलि (शनिबार)का लागि तोकिएको थियो। सहज वातावरण बन्न नसकेको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ ‘निर्वाचन कार्यतालिका बमोजिम कार्यक्रम अगाडी बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकिने भनि यसअघि नै सुचना प्रकाशन गरिएको विदितै छ। निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ। नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ।’

यसअघि जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि महासंघले अन्तिम समय स्थगित गरेका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?