सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

२०७९ कार्तिक ३, बिहीबार ०५:४०

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आज (बिहीबार) सुनको मूल्य बुधबारको मूल्य भन्दा १०० रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० रहँदा बुधबार रु ९३ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० रहेकामा बुधबार प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि बुधबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार १७० कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार १७५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?