
जनकपुरधाम,२३ असार । जनकपुरधाममा योग पताञ्जली शिविर सम्पन्न भएको छ। । ‘योग गरी निरोग रहौ´ भन्ने मुल नाराका साथ पताञ्जली योग समिति धनुषाको सहकार्यमा र शैक्षिक अभियान नेपालले आयोजना गरेको दुई दिने निशुल्क योग शिविर आज आइतबार सम्पन्न भएको छ ।
जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रको प्रांगणमा आयोजित शिविरमा मधेश प्रहरी गणका जवानहरुको उत्साहजनक सहभागितामा रहेको थियो।
शैक्षिक अभियान नेपालका संयोजक शान्ति बुलुनले,योगको महत्व बुझाउन योग शिविर सफल भएको बताउनु भयो। शरीर र दिमागलाई स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको भन्दै तपाईंहरुको उत्साहजनक सहभागिताले यो शिविर सफल भएको विश्वास व्यक्त गर्नु भयो ।
योग प्रशिक्षक गुरु रामशेवक मण्डलले अभ्याससँगै सहभागीहरूलाई योगको महत्व तथा आध्यात्मिक प्रवचनसमेत गराउनु भयो । उहाँले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु र योग चिकित्सा विधि महत्वपुर्ण रहेको बताउनुभयो । साथै योगबाट स्वस्थ्य रहने मात्र नभई मानवबाट महामानव बन्न सहयोग पुग्ने जानकारी दिनुभयो ।
कार्यक्रमको समापन सत्रमा प्रशिक्षक गुरु रामशेवक मण्डल र मधेश प्रदेश प्रहरी गणका प्रहरी उपनिरीकक्षक नरायण रन्जितकारलाई सम्मान स्वरुप कदर पत्र समेत हस्तान्तरण गरेको थियो ।