हिन्दू सम्राट सेना द्वारा दुर्घटनामा घाइते बालकलाई आर्थिक सहयोग

२०८१ असार २४, सोमबार १८:३४

जनकपुरधाम,२४ असार । धनुषा जिल्लाको नगराइन नगरपालिका, वडा नं. ३ फुलगामा गाउँमा केही दिनअघि टेम्पु दुर्घटनामा परी घाइते भएका पाँच वर्षीय बालक अंशु महतो र उनकी हजुरआमालाई हिन्दू सम्राट सेनाले आर्थिक सहयोग गरेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हाल जनकपुरको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। पीडित परिवारलाई सहयोग पुर्याउन हिन्दू सम्राट सेना, कतार शाखाले अस्पतालमै पुगी रु. ४५,०००/- (पैंतालीस हजार) प्रदान गरेको छ। यसका साथै, संगठनका वीर योद्धा श्री जीत नारायण शाहले थप रु. ५,०००/- (पाँच हजार) सहयोग गरेका छन्।

यसरी हिन्दू सम्राट सेनाद्वारा प्रदान गरिएको कुल रु. ५०,०००/- (पचास हजार) सहयोगले घाइते बालक अंशु महतो र उनकी हजुरआमाको उपचारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

घटनापछि हिन्दू सम्राट सेनाका कतार शाखाका प्रतिनिधिहरूले जनकपुर पुगेर पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए। संगठनले भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?